काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ ले वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई झुल तथा स्टिमर वितरण गरेको छ ।

वडा भित्रका बृद्ध-बृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा वडाको तर्फबाट २५० वटा झुल र २०० वटा स्टिमर हस्तान्तरण गरिएको हो । नगरप्रमुख उद्धव प्रसाद खरेल, उपप्रमुख रमादेवी राई, प्रमुख प्रशासकिय राजेन्द्र कार्की तथा वडाका जनप्रतिनिधिको सहभागितामा झुल तथा स्टिमर वितरण गरिएको थियो ।

७० वर्ष भन्दा माथिका वडावासी नागरिकहरुलाई १ स्टिमर र १ सेट झुल वितरण गरिएको वडा सदस्य परशुराम कार्कीले बागमती पेजलाई जनाएका छन् । त्यसैगरी ६० वर्ष वा सो भन्दा बढी उमेर समुहका एकल महिलाहरूलाई समेत झुल वितरण गरिएको थियो ।
नगर प्रमुख खरेलले आमा बुवाहरुलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले सामग्री वितरण गरिएको बताएका थिए । उनले भने, आगामी दिनमा हामीले तपाँई हरुका लािग केही सहयोग गर्ने छौं ।

कावा वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई वर्षा याममा लामखुट्टेले टोक्ने समस्याबाट बच्न र स्वास्थ्यमा सहज होस् भनि झुल र स्टिमर वितरण गरेको जानकारी गराईन् ।
वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता चैमासिक रूपमा वडा कार्यालयमा बैंक कर्मचारीहरूलाई बेलाएर वितरण गर्नका लागि वडा कार्यालयले सहजीकरण गर्दै आएको छ । शारिरीक रूपमा कमजोर र अशक्त वडाबासीहरूलाई घर दैलोमा लगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरिएको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्