Logo

बागमती पेज

असार २६, २०७८ शनिबार

वाग्मती प्रदेशसभा बैठक स्थगित


काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ ।

प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका अनुसार आज स्थगन बैठक आइतबारसाढे ११ बजे बस्ने छ ।

आव २०७८र८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् ।