Logo

बागमती पेज

असार २७, २०७८ आईतबार

गोकर्णेश्वर नगरपालिकामा सिसिटिभी जडान


गोकर्णेश्वर नगरपालिका वडा नं ५ बासुकीनगरमा सिसिटिभी जडान गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र महानगरीय प्रहरी बृत बौद्धका कार्यलय प्रमुख प्रहरी नायव उपरिक्षक दुण्डीराज न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा दुर्घटना न्यूनीकरण र सुरक्षा निगरानी बढाउनका लागि वासुकीनगरमा जडान गरिएको सिसी क्यामेराको शनिबार एक कार्यक्रमका बीच संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य मुकुन्द फुयाँल,दुर्गा फुयाँल तिम्सिीना,नयाँबस्ती युवा क्लबका सचिव चन्द्रमणी गौतम, नयाँबस्ती युवा क्लबका निवर्तमान अध्यक्ष सुभाष पुडासैनी,क्लबका कोषाध्यक्ष राजेन्द्र खनाल,नयाँ बस्ती प्रहरीबीट प्रमुख हरी सहायक निरीक्षक लोकेन्द्र गिरी लगायत महिला समुह, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता वासुकीनगर टोल बिकास समाजका उपाध्यक्ष कृष्ण बहादुर नगरकोटीले गरेका थिए भने कार्यक्रम सञ्चालन समाजका अध्यक्ष गिरीराज ओझाले गरेका थिए ।