Logo

बागमती पेज

श्रावण १७, २०७८ आईतबार

प्लटिङको जग्गा क्रान्तिकारीको कब्जामा


चितवन । माडीको पौहारी गाउँमा ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.को गरेको प्लटिङको जमीन नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कब्जा गरि दावी गरेको छ।

मोहन बैद्य नेतृत्वको उक्त पार्टीले माडी-२, पौहारीस्थित ट्वन्टीवान ग्रुपको प्लटिङमा झण्डा र ब्यानर टाँगेर जमीन कब्जा गरेको हाे ।

पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासंगै चितवन जिल्लास्तरका नेताकार्यकर्ताहरुको सहभागीतामा एक संक्षिप्त कोणसभा मार्फत उक्त प्लटिङको जमीन कब्जाको घोषणा गरेका थिए ।

कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी शर्माले प्रतिक्रियाबादी सत्ताको आडमा जग्गा खण्डिकरण गरी प्लटिङ गरिएको आरोप लगाउँदै थप खण्डिकरण भए अझै सशक्त प्रतिरोध गरिने बताएका हुन् ।