Logo

भवानी कार्की

श्रावण १८, २०७८ सोमबार

निगमले पेट्रोलियम पदार्थ खपत गर्न नसक्दा मूल्य बृद्धि


काठमाडौं । पेट्रोलियम पदार्थको भाउलाई विभिन्न पक्षले असन्तुष्टि जनाउँदा नेपाल आयल निगमले मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

अन्तराष्ट्रिय रुपमा खपत गरीने तेलको मूल्य बाहिर बाटै निर्धारण हुने भएकाले आफूहरुले सोही मुल्यमा विक्रि वितरण गरेको आयल निगमका प्रवक्ता बिणीतमणी उपध्यायले जानकारी दिनुभएको छ ।

हाल अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । प्रवक्ता उपध्यायका अनुसार पेट्रोलियम पदार्थको मुल्यमा नेपाल अन्य देशसँग परनिर्भर हुने भएका कारण निगमले पेट्रोलियम पदार्थको मूल्य नेपालमा मात्रै बृद्धी गरेको छैन ।

निगमका अनुसार सरकारले गरेको निषेधाज्ञाको कारण बाहिराबाट तेल खपत गर्न असहज भएको अवस्थामा सुपथ मूल्यमा तेल भित्र्याउने प्रयास गरेको हो ।

पेटोलियम पदार्थको मूल्य बढ्दा बढाउने र घटाउने गरेको निगमले जानकारी दिएको छ । सरकारले गरेको निषेधाज्ञाको कारण सोचेजति तेल खपत गर्न नसक्दा तेलको मूल्यमा बृद्धी भएको निगमका प्रवक्ता उपध्यायले जनाउनुभएको छ ।