Logo

भवानी कार्की

श्रावण २०, २०७८ बुधबार

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिँदा दोलखामा तरङ्ग


दोलखा । दोलखामा पछिल्लो समय कारोेना भाईसरसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सँख्या बढ्दै गएको छ ।

जिल्लाका अस्पतालमा ज्वरो आउने, टउको दुख्ने, स्वाद थाहा नपाउने लगायतका लक्षण भएका बिरामीको संख्या बढेसँगै जिल्ला तरङ्गित बनेको हो ।

जिल्लाभर सञ्चालित अस्पतालमा ईदोलखाले गरेको सर्वेक्षणमा पछिल्लो समय भइरल ज्वरो रुघा-खोकीका बिरामी बढेको देखिएको छ । जिल्लाको चरिकोट अस्पतालमा कारीब एक साता देखी दैनिक एक सयको हाराहरीमा उक्त लक्षण भएका बिरामी अउने गरेका छन् ।

जिल्लका विभिन्न क्षेत्रमा भाइरल ज्वरोको चाप बढेको छ । कारोना भइरसको तेस्रो लहर बढेको बेला जिल्लाका मानिसहरु यसरी बिरामी हुन थालेपछि जनमानसमा त्रास फैलिएको छ । दैनिक एक सय भन्दा बढि बिरामी अस्पतालमा आउने गरेको चरीकोट अस्पतालका सुचना अधिकारी शान्ती प्रसाद न्यौैपानेले जानाकारी दिनुभयो ।

अस्पतालमा जचाउन आयका मध्ये आधाभन्दा बढि ज्वारे, रुधाखोकी, टाउको घाँटी दुख्ने र स्वाद थाहा नपाउने कारोना जस्तै लक्षण भएका बिरामी आउने गरेको अधिकारी न्यौपानेले जनाएका छन् ।

हाल अस्पतालले कारोना भाइरस हो होइन स्वाब संकलन गरी परीक्षण गरीरहेको छ । कोरोना तेस्रो लहरको जोखिम् अझै बढ्न सक्ने भएकाले रुधा खोकीका बिरामीलाई आफू सरक्षित रहन र हेलचेक्रयाएई नगर्न चिकित्सकहरुले सुझाब दिएका छन् ।