Logo

भवानी कार्की

श्रावण २२, २०७८ शुक्रबार

पहिरोको निरीक्षण गर्दै मन्त्री पाण्डेः पीडितलाई राहतको व्यवस्था


दोलखा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशव राज पाण्डेले शुक्रबार दोलखाको कालिञ्चोकमा रहेको रानीवन पहिरोको स्थलगत निरीक्षण गरेका छन् ।

कालिञ्चोक-५ मा गएको पहिरोको निरीक्षण गर्दै मन्त्री पाण्डेले पीडितका लागि तत्कालै राहत र उद्धारको काम अघि बढाउन सक्दो पहल गर्ने बाचा दिएका छन् । मन्त्री पाण्डेले आवश्यक सहयोग तत्काल नै प्रदेश सरकारले दिने भएकाले गाउँपालिकाले वस्ती स्थानान्तरणका लागि बाँकी प्रकिया चाँडै सुरू गर्न आवश्यक रहेको बताएका छन् ।

बस्तीको बीचमा तलबाट र माथिबाट पहिरो गएपछि ठूलो बस्ती नै जोखिममा रहेको छ । सो अवसरमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, प्रदेश योजना आयोग उपाध्यक्ष श्याम बस्नेत, जिल्ला समन्वयन समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी जिल्ला प्रमुख लगायतको उपस्थिति रहेको थियो ।