Logo

भवानी कार्की

श्रावण २२, २०७८ शुक्रबार

संकटमा पार्टीप्यालेस व्यवसायी


काठमाडौँ । दोस्रो चरणको कोरोना र सरकारले गरेको निषेधाज्ञाका कारण पार्टीप्यालेस तथा बैंकेट व्यावसाय संकटमा परेको छ । सबै क्षेत्रमा निषेधाज्ञा खुकुलो भएपनि यी व्यवसायलाई सञ्चालन गर्न सरकारले अनुमती नदिएपछि व्यवसायी मारमा परेका हुन् ।

कोरोना महामारी र सरकारले गरेको निषेधाज्ञाको कारण काठमाडौँ लगायत देशभरीका पार्टीप्यालेस बन्द रहेका छन् । देशभरी सात हजार संख्यामा रहेको यो व्यवसाय यतिबेला ठप्प छ । कामको सिजनको बेला पनि बन्द गरेर बस्नुपर्दा कारोडौको घाटा बेहोर्नुपरेको राष्ट्रिय पार्टीप्यालेस तथा क्याट्रिन व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले जानाकारी दिनुभयो ।

अन्य क्षेत्रमा निषेधाज्ञा खुकुलो भइरहँदा सरकारले यो व्यवसायलाई खुलाउन अनुमती नदिएपछी पार्टीप्यालेस व्यवसायीहरु क्याट्रिन छोडेर अन्य व्यवसाय सुरु गर्न थालेको समेत उहाँले बताउँनुभयो ।

बैँकको ऋण र हल भाडा तिर्न घर जग्गा बेचेर पनि नपुग्ने भएपछि अन्य व्यवसाय सुरु गर्न थालेको व्यवसायीहरु बताउछन् । बैँकेट बन्द भएपछी हजारौ परिवारको रोजिरोटी गुुमेको छ । देशभर ७० हजारभन्दा माथी युवापुस्ताहरु यो क्षेत्रमा काम गरीरहेका थिए तर अहिले सबै बेरोजगार हन पुगेको संघले जनाएको छ ।

अरु क्षेत्रमा गरेपनि सरकारले यो व्यवसायलाई सम्बोदन नगरेको व्यवसायीहरुको गुनसो छ । स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिए धेरैको जिविकोपार्जनमा सहजता हुने व्यवसायीहरुको भनाई छ ।

यस्तै पार्टीप्यालेस बन्द भइरहे मानिस रोगले भन्दा भोकले मर्ने हुँदा यो विषयमा सरकारको ध्यान जावस र छिटोभन्दा छिटो सहज वतावरण मिलाइदिन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।