Logo

भवानी कार्की

श्रावण २८, २०७८ बिहीबार

नेपालमा रातो आलुको बीउ सफल उत्पादन


दोलखा । नेपालमै पहिलो पटक रातो आलुको बीउ सफल उत्पादन भएको छ । २५ वर्षपछी लामो समयको प्रयासमा दोलखाका किसान जगत बहादुर श्रेष्ठले रातो आलुको बीउ सफल उत्पादन गरेका हुन् ।

२५ वर्षको लामो अन्तरालपछी दोलखाका किसान जगत बहादुर श्रेष्ठले रातो आलुको बियाँबाट बीउ निकाल्ने तथ्य पत्ता लगाएका हुन । सेतो आलुको बियाँ र सेतो आलु उत्पादन गर्दे आइरहेका श्रेष्ठले यो बर्ष रातो आलुको बियाँको सफल भएको बताए । उनले विभिन्न जातका आलुको अनुसन्धान समेत गरिरहेका छन् ।

रातो आलु फल्दा धेरै फल्ने र खाँदा निकै मिठो हुने भएकाले बजारमा यस्को माग निकै छ । तर गुणस्तरिय बीउको व्यवस्था नभएको कारण यस्को उत्पादन निकै कम भएको श्रेष्ठले जनाएका छन् । रातो आलु बीउको उत्पादन दोलखा जिल्लामा मात्रै भएको र आफुले अनुुसन्धान गरेर पत्ता लगाएको श्रेष्ठको दावी छ ।

रातो आलुको उत्पादन अहीले दोलखा जिल्लामा मात्रै भएपनि अवको १५ वर्ष भित्र सिंगो नेपालमा यो बीउ पुर्याउने उनको लक्ष्य छ । धेरै उत्पादन हुने खेतीलाई राज्यले चासो नदिएको उनको भनाई छ । व्यवसायीक रुपमा यो बीउ लगाएर खेती गर्ने हो भने अर्थतन्त्रको विकास छिट्टै हुने समेत उनले बताए ।

रातो अलु धेरै फल्ने र अत्यन्तै मिठो हुने भएकाले यो आलु खेतीलाई राज्यले प्रोत्साहन गरी सबै नेपालीलाई व्यवसायी बनाउन जरुरी देखिन्छ ।