Logo

बागमती पेज

श्रावण ३१, २०७८ आईतबार

माओवादी केन्द्रीय कमिटीको बैठकले गर्‍यो १२ निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुबै प्रस्ताव पारित गरेको जानकारी दिए।

श्रेष्ठले बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागिपर्न अपिल पनि गरेको जानकारी दिए।

बैठकले गरेका निर्णयहरु:
१. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने।
२. २०७८ असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला।
३. २०७८ असोज २० गते वडा सम्मेलन।
४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन।
५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन।
६. २०७८ पुस ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने।
७. संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समिति मात्रै रहने।
८. जनवर्गीय एवं विभिन्न जातीय र क्षेत्रीय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असाेज मसान्तसम्म सम्पन्न गर्ने।
९. जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिइने।
१. विधान संशोधन सहित पारित गरिएको छ।
११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने।
१२. सबै रिक्त कमिटीमा पदपूर्ति गर्ने। जसका लागि केन्द्रीय समितिले सात दिनको समयसीमा दिएर स्थायी समितिलाई जिम्मा।