Logo

बागमती पेज

भाद्र ११, २०७८ शुक्रबार

माधव नेपालको पार्टीमा चुनाव हुँदै, कसले कुन जिम्मेवारी पाउँलान् ?


काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पर्सि आईतबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।

संसदीय दलको नेताको चुनावमा अध्यक्ष नेपाल एकल उम्मेदवार रहेकाले उनी नै नेता चुनिने स्रोतले जनाएको छ ।

नेकपा एमालेबाट अलग भएका पूर्व प्रधानमन्त्री नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएको थियो ।

दलको नेता चुन्न आईतवार संसदीय दलको बैठक बोलाइएको छ । दलको नेता चयन भएपछि उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरिनेछ ।

एकीकृत समाजवादी पार्टीमा प्रतिनिधि सभामा २३ र राष्ट्रिय सभामा ७ सांसद रहेका छन् ।

दल विभाजनको निवेदन दर्ता भइसकेपछि समाजवादीतिर लागेका सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टले पार्टीको पक्षमा सनाखत गर्न नपाएपनि समाजवादी पार्टीमै रहेका जनाइएको छ ।