Logo

बागमती पेज

भाद्र १९, २०७८ शनिबार

माओवादी केन्द्र सिन्धुलीको भवन निर्माणका लागि १ करोड ३५ लाख सङ्कलन


सिन्धुली । नेकपा माओवादी केन्द्र सिन्धुलीले पार्टीको आफ्नै भवन निर्माण गर्न लागेको छ । पार्टी कार्यालय सधै भाडामा राख्न उचित नहुने भएकाले पार्टीको भवन निर्माण गर्न लागिएको हो ।

नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालका अनुसार ०७८ असार १० गतेबाट संचालन गरिएको अभियनमा हालसम्म जग्गा खरिद र भवन निर्माणका लागि एक करोड ३५ लाख रुपैया सङ्कलन भएको छ ।

अध्यक्ष दाहालले भने रकम सहयोग गर्नुहुने देश तथा विदेशमा रहेका संपूणर् शुभचिन्तक तथा माओवादी केन्द्रलाई मायागर्नेहरुले आफ्नो खर्च कटाएर समेत सहयोग गर्नुभएको छ, त्यसको लागि पार्टीको तर्फबाट सम्पूर्णमा धन्यवाद समेत दिन चाहान्छु । भवन माओवादी केन्द्रको भएपनि हाम्रो अभियान साझा अभियानको रुपमा चलेको छ ।

नेकपा माओवादी केन्द्रले कमलामाई नगरपालिका वडा नं. ६ मा ७२ लाख रुपैयामा पार्टीको नाममा जग्गा खरिद गरिएको छ । पार्टीको साढे तीन तले भवन निर्माण गर्न लागिएको हो । रकम संकलन अभियान निरन्तर रहेसँगै भवन निर्माणको काम तीब्र गतिमा भईरहेको छ ।