Logo

भवानी कार्की

भाद्र २१, २०७८ सोमबार

भीमेश्वरको नगर सभापतिमा उम्मेद्वारी दिने शंकर कार्कीको घोषणा


दोलखा । नेपाली कांङ्ग्रेसको १४ औँ महाधिवेशनमा भीमेश्वर नगरपालिका दोलखाबाट शंकर कार्कीले नगर सभापति पदको उम्मेद्वारी दिने घोषण गरेका छन् ।

कांङ्ग्रेस भित्र एकै व्यक्तिले धेरै पद लिएर बसेको हुँदा संगठन चलाएमान हुँन नसकेको बताउँदै अबको नेतृत्वमा पार्टी भित्रका असंवैधानीक क्रियाकलापलाई हटाई पार्टीलाई एकताबद्ध ढङ्गले अगाडी बढाउन सभापतिमा लड्ने बताएका हुन् ।

बिगत लामो समयदेखी नेपाली कांग्रेसमा आबद्ध हुँदै आएका कार्कीले भीमेश्वर नगर समितिको सचिवको जिम्मेवारी पुरा गरिसकेका छन् । गौरीशंकर क्याम्पसबाट राजनीतिक यात्रा तय गरेका कार्की विद्यार्थीहरुको हकहितको लागि लड्दै आएका छन् । आगामी दिनमा पर्टीको सभापति पदमा रहेर भीमेश्वर नगरवासी लगाएतका अन्य बासिन्दाहरुको अधिकारको लागी लड्ने प्रतिबद्धता समेत जनाएका छन् ।

नेता शंकर कार्की भन्छन्, ‘उम्मेद्वार बन्न मात्र नभई नगर भित्रका वडा, नेपाली कांङ्गे्रसको उम्मेदवार विजयी बनाउँछु । सम्मान र समान अवसर सहितको राजनीति तय गर्नेछु, नयाँ नीति तथा योजना बनाएर पार्टीलाइ नयाँ ढंगले चलाएमान बनाउँने योजना रहेको छ । युवा वर्गको जोस र जाँगरलाई सहि ढंगले सहि ठाउँमा प्रयोग गर्नेछु ।’

जहाँ युवा नेतृत्व, त्यहाँ सवल कांङ्ग्रेस भन्ने नारालाइ आत्मसात गर्दै भीमेश्वर नगर समितिमा सक्षम कांङ्ग्रेस बनाउने लक्ष्यका साथ उम्मेद्वारीको घोषणा गरेका हुन् ।