Logo

बागमती पेज

भाद्र २३, २०७८ बुधबार

युवा नेता टिकेश श्रेष्ठद्वारा जन्मदिनमा २ लाखको शिवमूर्ति सहयोग


काठमाडौं । बूढानीलकण्ठका युवा नेता तथा साँस्कृति प्रेमी टिकेश नारायण श्रेष्ठद्वारा जन्मदिनमा रु २ लाखको शिवमूर्ति हस्तान्तरण गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का युवा नेता श्रेष्ठले आफ्नो जन्मदिनमा २ लाख बराबरको शिवमूर्ति रिखेश्वर मन्दिरमा र पुतली डाँडामा स्थानीय बाजा-गाजा सहित प्रतिस्थापना गरेका हुँन् ।

विगतदेखि नै समाजसेवामा सक्रिय रहेका युवानेता टिकेश श्रेष्ठले आफ्नो जन्मदिनको अवसमा धार्मिक तथा पर्यटकिय क्षेत्रमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ शिवमूर्ति सहयोग गरेको बताए ।

रिखेश्वर मन्दिर र पुतली डाँडामा मन्दिरमा साइत अनुसार मूर्ति प्रतिस्थापना गरिएको थियो । युवा नेताले जन्मदिनको अवसरमा मूर्ति सहयोग गर्दा स्थानीयहरुमा खुशियाली छाएको छ । पूजा कार्यक्रममा वडा नं. १३ का वडाध्यक्ष तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।