Logo

बागमती पेज

आश्विन २, २०७८ शनिबार

नेकपा (एस) माडी नगरको ईञ्चार्जमा प्रेमराज तिमिल्सिना


चितवन । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको माडी नगर ईञ्चार्जमा प्रेमराज तिमिल्सिना चयन भएका छन् ।

जिल्ला अध्यक्ष डा.कृष्ण पन्तको अध्यक्षतामा बसेको सचिवालय बैठकले जिल्लाभर जिम्मेवारी बाँडफाँड गर्ने क्रममा माडी नगरपालिकाको ईञ्चार्जमा पुराना बामपन्थी नेता तिमिल्सिनालाई जिम्मेवारी दिएको हो । बैचारिक नेताका रुपमा चिनिदै आएका तिमिल्सिना यसअघि तात्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधी समेत हुन् ।

बैठकले जिल्ला पार्टीको प्रचार विभाग प्रमुखमा विष्णुराज महतोलाई चयन गरेको छ । यस्तै आर्थिक विभाग प्रमुखमा अरूणपीडित भण्डारी, संगठन विभाग प्रमुखमा कुलप्रसाद लामिछाने, स्कुल विभाग प्रमुखमा डा. कृष्ण पन्त, महिला विभाग प्रमुखमा शुशिला लामिछाने र शिक्षा विभाग प्रमुखमा अविरल भण्डारी चयन भएका छन् ।

यसैगरी क्षेत्रीय ईन्चार्जतर्फ क्षेत्र नं १ मा डा. कृष्ण पन्त, क्षेत्र नं २ मा कृष्णराज न्यौपाने लब्लि र क्षेत्र नं ३ मा अरूणपिडित भण्डारीलाई चयन गरिएको छ । पार्टीले चितवनमा असोज मसान्तसम्म सबै स्थानीय कमिटी गठन सक्ने निणर्य समेत गरेको समेत जनाइको छ ।