Logo

मेघनाथ पहाडी

जेष्ठ १, २०७९ आईतबार

भरतपुरमा एमालेका जगन्नाथको मत बढ्दै, साँघुरियो रेनुको अग्रता…


चितवन । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर साँघुरो बनाएका छन् ।

साढे ६ बजेको मतपरिणामअनुसार रेनु मात्र १४ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६४७७ मत गणना भएको छ ।

जसमा गठबन्धनबाट दाहालले २३१७ तथा एमालेका सुवेदीले २३०३ मत पाएकी छन् । यस्तै काँग्रेसको बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले मत बढाएका छन् । उनले हालसम्म ७६१ मत पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २५५२ मत तथा राप्रपाबाट हिमला गुरुङले १८४९ मत पाएकी छन् ।