Logo

भवानी कार्की

आश्विन ५, २०७८ मंगलबार

दोलखा युथ फोर्से नेपालको प्रमुखमा मङ्गोल अवतार निर्वाचित


दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको जनबर्गिय संगठन दोलखा युथ फोर्से नेपालको प्रमुखमा मङ्गोल अवतार सिँग लामा निर्वाचित भएका छन् ।

विगतदेखि विद्यार्थी राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका लामालाई सर्वसम्मत रुपमा जिल्ला नेतृत्वको जिम्मेवारी दिईएको हो ।

No description available.

लामो समयदेखि दोलखा कम्युनिष्ट आन्दोलनलाई सफल पार्नको निमित्त आम दोल्खाली कम्युनिष्ट विचार, सिद्धान्त बोकेका र अन्य पार्टीमा रहेका सम्पुर्ण राजनीतिक चेतना भएको युवाहरुमा एकताबद्ध भई अगाडी बढ्ने योजना रहेको उनले बताए ।


उनले बागमती पेजसँग भने, ‘युवा यस्तो शक्ति हो जुन प्रयोगको साधन मात्र नभई समाज परिवर्तन सहितको राष्ट्र निर्माणका हिस्सा पनि हो । युवाहरु जुनै क्षेत्रमा पेशा, व्यवसाय तथा देश बिदेश जहाँ रहेपनि सबै तमाम युबाहरुमा राजनिती चेतना हुन आवश्यक रहेको छ । युवा एकता नै राष्ट्रको विकसित परिवर्तन गर्ने एउटा शक्ति हो ।’

युवाहरुलाई विभिन्न किसिमका व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्दै आत्मनिर्भर बन्न थप सहता गर्ने उद्देश्य रहेको छ ।

युवाहरुले सामजिक, आर्थिक, भौतिक, नैतिक जस्ता विषयमा अड्किएको हक अधिकारको आवाजलाई सुनिश्चितताको लागि कानुनी दायरमा रहेर आवज बुलन्द गरि नेतृत्व गर्ने लगायतका काममा ध्यान दिँदै अगाडी बड्ने योजना रहेको छ ।