Logo

बागमती पेज

आश्विन ६, २०७८ बुधबार

नेपाली कांङ्ग्रेस धुलिखेल -७ को सभापतिमा दिपेश र सचिवमा रोशन श्रेष्ठ निर्वाचित


काठमाडौं । नेपाली कांङ्ग्रेस धुलिखेल नगरपालिका वडा नं. ७ को सभापतिमा दिपेश श्रेष्ठ र सचिवमा रोशन श्रेष्ठ निर्वाचित भएका छन् ।

धुलिखेल पार्टीप्यालेसमा असोज ५ गते भएको कांङग्रेसको चौधौं महाधिवेशनबाट युवा नेता सभापतिमा दिपेश र सचिव रोशन श्रेष्ठलाई सर्वसम्मतमा चयन गरिएको हो ।

त्यसैगरी उप-सभापतिमा द्वय सुवास श्रेष्ठ र सिसन श्रेष्ठ सहित १६ जनाको कार्यसमिति चयन गरिएको छ ।

नव निर्वाचित सभापति दिपेश श्रेष्ठले असल मान्छे राजजीनिमा नआउने हो भने खराब मान्छेको सासक बन्नुपर्छ भन्दै आगामी दिनमा यस्तो भैपरी आउन नदिन आफूले नेतृत्व लिएको बताए ।

जनतको हक अधिकार, व्यवस्थित कार्यव्यवस्था बनाउन र राज्य सक्ता सञ्चालन गर्न युवा वर्गको जोस र जाँगरलाई सहि ठाउँ सहि ढंगले प्रयोग गर्न सवैले प्रेरित गरेपछी श्रेष्ठ पार्टीको वडा सभापति चएन भएका हुन् ।

त्यस्तै वडा सचिव रोशन श्रेष्ठले पुराने विरासतलाई हटाइ नयाँ जोस जाँगर र युवा शक्तीको नेतृत्वलाई आगाडी बढाउँदै आगामी दिनमा युवा वर्गको जोस र हिम्मतलाई आत्मासात गर्दे पर्टीलाइ सूसुचित ढंगले आगाडी बढाउने प्रतिवद्धता जनाएका छन् ।

आगामी दिनमा धुलिखेल नगरपालिका लगायत वडा नं ७ का बासिन्दाहरुको हक अधिकारको लागी सदैब लड्ने छु । नेपाली कांङग्रेसमा आस्थावान सम्पुर्ण कार्यकर्ताहरुमा आफ्नो महत्वपुर्ण समय समर्पण गर्नेछु सचिव श्रेष्ठले भने, ‘समाजको हकहितको लागी आफु मन वचन र कर्मले अधि बढ्ने प्रतिबद्धताको साथ आफु राजनीतिक यात्रा तय गरेको हुँ ।’