Logo

बागमती पेज

आश्विन ९, २०७८ शनिबार

मदन भण्डारी फाउण्डेशनद्वारा विभिन्न अधिवेशन गर्ने तयारी


काठमाडौं । मदन भण्डारी फाउण्डेशन काठमाडौंले आगामी मंसिर भित्र १२ वटा अधिवेशन सम्पन्न गर्ने भएको छ ।

मदन भण्डारी फाउण्डेशन काठमाडौंको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशन तथा ११ वटा स्थानीय तहमा मंसिर भित्र अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको हो ।

त्यस्तै जनताको बहुदलीय जनवादका विविध शैदान्तिक पक्षहरुका बारेमा सघन छलफल र बहस चलाउनका लागि जिल्लामा १२ “जबज कक्षा” संचालन गर्ने निणर्य गरेको बैठकले सबै काठमाडौंका सबै पालिकामा स्वास्थ्य सिविर आयोजना गर्ने निणर्य गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन् ।

अहिले विभिन्न पालिकाहरुमा संचालन भैरहेको रक्तदान कार्यक्रमहरुलाई निरन्तरता दिने निणर्य गरेको बैठकले अधिवेसन सम्मको अवधिमा विविध रचनात्मक कार्यक्रम गर्ने योजना रहेको समेत जनाईएको छ ।