Logo

मेघनाथ पहाडी

आश्विन १०, २०७८ आईतबार

नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा कमल पोख्रेल निर्वाचित


सिन्धुली । नेपाली काँग्रेस कमलामाई नगरपालिकाको सभापतिमा कमल पोख्रेल निर्वाचित भएका छन् ।

शनिबार भएको कमलामाई नगरपालिकाको नगर अधिवेशनमा सभापतिका आकांक्षी धेरै भएपछि आजसम्म लम्बिएको थियो ।

नगर सभापतिका उम्मेदवारी दिएका उज्वलकुमार थापा र उत्पल खड्काले सहमतीका आधारमा उम्मेरदवारी फिर्ता लिएपछि कमल पोख्रेन निर्विरोध सभापती निर्वाचित भएको नेपाली कांग्रेस सिन्धुलीका कार्यालय सचिव कृष्ण दाहालले बागमती पेजलाई जानकारी दिए ।

पोख्रेल यसअघि १३औं महाधिवेसनमा नगर सभापतिको प्रत्याशी  समेत हुन् ।

कार्यालय सचिव दाहालका अनुसार उपसभापति र सचिवका आकांक्षीहरु धैरै भएकाले उनीहरुलाई पनि सहमतीमा मै सक्ने गृहकार्य भईरहेको छ ।