Logo

बागमती पेज

आश्विन १०, २०७८ आईतबार

राष्ट्रिय युवा संघ फिक्कलको अध्यक्षमा शिव बराल


काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिका स्तरीय युवा भेलाले अध्यक्षमा शिव बराललाई चयन गरेको छ ।

फिक्कल गाउँपालिकाको खाङ्गसाङ्ग बेसीमा भएको युवा भेलाले बरालको नेतृत्वमा ६७ सदस्यीय राष्ट्रिय युवा संघ फिक्कल गाउँपालिका कमिटी गठन गरेको हो ।

अध्यक्ष शिव बरालले समग्र फिक्कल र फिक्कल वासीलाई समृद्ध बानाउँदै सुन्दर फिक्कल बनाउने अभियानमा रहेको बताएका छन् ।

फिक्कलवासीको सपना पूरा हुन एमालेको जित जरुरत छ- अध्यक्ष बरालले भने, ‘तेसैले आगामी निर्वाचनमा फिक्कललाई एमालेमय बानाउने कुरामा ,राष्ट्रिय युवा संघ फिक्कल सदैव अग्रपंक्तिमा रहनेछ ।’

भेलामा ५० भन्दा धेरै संख्यामा नेपाली काङ्ग्रेस र नेकपा माओवादी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला संयोजक देवराज बाइबाले जानकारी दिए ।