Logo

बागमती पेज

आश्विन १८, २०७८ सोमबार

चक्कुले हानेर बूढानीलकण्ठमा युवकको हत्या


काठमाडौंको बूढानीलकण्ठमा चक्कुले हानेर एकजना युवकको हत्या भएको छ । चक्कु प्रहारबाट मोरङ घर भएका ३० वर्षीय राज खड्काको मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले बताए ।

इन्टरनेट राख्ने विषयमा विवाद हुँदा ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुले उनलाई चक्कुले हानेका थिए । मापसे गरेका प्रदिप र राजको बीचमा विवाद भएको थियो । हत्या आरोपी प्रदीपलाई पक्राउ गरिएको एसपी राठौरले बताए । बूढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा उनीहरु डेरामा बस्ने छिमेकी हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका राजको उपचारको क्रममा चुनिखेलस्थित करुणा अस्पतालमा मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।