Logo

बागमती पेज

आश्विन २१, २०७८ बिहीबार

सुकुम्बासी संघ माडी नगर कमिटीको अध्यक्षमा कुल बहादुर विश्वकर्मा


चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल सुकुम्बासी संघ माडी नगर कमिटीको अध्यक्षमा कुल बहादुर विश्वकर्मा चयन भएका छन् ।

संघको माडी नगर भेला एवं प्रशिक्षण कार्यक्रमबाट विश्वकर्माको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटि गठन गरेकाे हो । साेहि समितिको उपाध्यक्षमा राजकुमार प्रजा, सचिवमा गीता परियार, कोषाध्यक्षमा बिन्दु विक र सह सचिवमा राजकुमार नेपाली चयनभएका छन् ।

समितिले नगर क्षेत्रमा रहेको सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरुलाई संगठित गरी उनीहरुको हकहीतका लागि आन्दोलन र अभियान चलाउने समेत टेवा पुगने बताएका छन् ।जसले समाजमा सहज हुने भनाई छ ।