Logo

बागमती पेज

आश्विन २१, २०७८ बिहीबार

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत फेला


काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् ।

काठमाडौं प्रहरी परीसरका प्रमुख एसएसपी असोक सिंहले चतुर्वेदी बिहीबार बिहान मृत अवस्थामा फेला परेको बताए । उनले भने, ‘घरको चार तलामाथिबाट हाम फालेको प्रारम्भीक अनुसन्धानले देखाएको छ। थप अनुसन्धान भइरहेको छ।’

काठमाडौं ७ बुलबुलेमा उनकै निवास अगाडि शव भेटिएको हो।