Logo

बागमती पेज

कार्तिक १२, २०७८ शुक्रबार

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव शेरबहादुर तामाङले शुक्रबार विहान ११ बजे बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने छ ।

यस्तै विहीबार बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने उनको भनाइ छ । स्थायी कमिटी बैठकले दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको थियो ।