काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको १० औं महाधिवेशनमा आमन्त्रण गरेको छ ।
एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिएका हुन् ।
एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका छन् । देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताए । ‘तपाईहरुलाई महाधिवेशनका लागि शुभकामना छ । तपाईंहरूको महाधिवेशनमा म आइहाल्छु नि । म नआएर हुन्छ ?,’ देउवाले भनेका थिए । एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्