Logo

डिलकुमारी नेपाल

मंसिर ६, २०७८ सोमबार

युवा परिषद्ले चितवनमा शुरु गर्याे महिला आत्मरक्षा तालिम


चितवन । प्रदेश युवा परिषद् बागमती प्रदेशबाट चितवनमा आयोजित दुई दिने महिला आत्मरक्षा तालिमको प्रशिक्षण राप्ती नगरपालिका अस्पतालको सभाहलमा शुरु भएको छ ।

चितवन भरका पचास भन्दा बढि युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पुर्व मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सोहि आत्मरक्षक तालिममा बिशिस्ट अतिथि पुर्व पूर्व मन्त्री दावा दोर्जे लामा, अतिथिहरु पुर्व राज्य मन्त्री जुनेलि माया श्रेष्ठ, राप्ति नगरपालिका उप प्रमुख ईमान सिंह लामालगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल सेल्फ डिफेन्स संघकि बरिष्ठ प्रशिक्षक राधिका ऐर हमाल), सहायक प्रशिक्षक डिलकुमारि नेपाल, खुश माया काउचाले प्रशिक्षण दिएका थिए । युवाहरुको समेत यस तालिमले निकै मनोबल बढ्ने वडा न. ५ की अध्यक्ष मेनका पाठकले बताईन् ।

युवा परिषद्का कार्यालय प्रमुख तथा कार्यक्रम स‌‌‌चालक रमेश घिमिरेले महिलालाई क्षमता अभिवृद्धि गर्ने यस्ता विभिन्न किसिमका तालिम दिन आवश्यक रहेको बताए । उनले भने, उनीहरु यस तालिमबाट आफु मात्र नभई अरुलाई पनि सिकाउनु सक्ने छन्, त्यसकारण पनि महिलाहरुलाई यस्ता तलिम दिनु प्रभावकारी हुनेछ ।

कार्यक्रमका संयोजक केदार प्रसाद आचार्यले आफैं यस तालिमबाट निकै प्रभावित भएको बताउँदै सबै क्षेत्रमा महिला लक्षित कार्यक्रम गर्न आवश्यक रहेको बताए ।