नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार विराटनगरमा प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू अन्तिम पटक चुनावमा लड्ने र त्यसपछिका दिनहरूमा युवाहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अगाडि बढाउनुपर्ने बताएकी हुन्।
‘हामी जति पनि उपस्थित भएका छौँ‚ सबै एउटै उमेरका छौँ । यो हामी सबैको अन्तिम चुनाव हो’, उनले भनिन्, ‘अब युवालाई प्रशिक्षण दिएर सक्षम बनाएर राजनीतिमा अगाडि बढाउने आवश्यकता देख्छु।’
निर्वाचनका वेला गुट-उपगुट भए पनि निर्वाचनपछि पार्टीको नीति र विधानलाई टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘पार्टीको विधानलाई टेकेर हामीले नीति ऐन निर्माण गर्नुपर्छ, यसलाई बारम्बार परिवर्तन गर्दा र आफ्नो सुविधाअनुसार विधान बनाउँदा पार्टी कमजोर हुन्छ।’
प्रतिक्रिया दिनुहोस्