Logo

बागमती पेज

मंसिर २४, २०७८ शुक्रबार

रिलायन्सको कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न


काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा रिलायन्स इन्टरनेशनल एकेडेमी तथा रिलायन्स साहित्य समाजले कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार वेदमणि घिमिरेको प्रमुख आतिथ्यता र रिलायन्सका संचालक रविन्द्रजङ्ग थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार मित्रलाल पङ्गेनी र वरिष्ठ कवि बलराम दाहाललाई नगद सहित सम्मान पत्रमार्फत गरिएको थियो ।

११२ औं लक्ष्मी जयन्तीको अवसरमा देवकोटाको ‘यात्री’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा विषयक बाह्रौं उपत्यकाव्यापी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना समेत गरिएको थियो ।

उक्त प्रतियोगितामा २१ विद्यालयका सहभागी विद्यार्थीहरू मध्ये मंसिर २३ गते भएको प्रतियोगितामा उत्कृष्ट ५ जनालाई चयन गरिएको थियो । जसमा आज आयोजित कार्यक्रममा उनीहरु बीच प्रतिस्पर्धा गराईएको थियोे । सो प्रतिस्र्धामा टाईम लाईन स्कुलकी छात्रा प्रसन्ना पुडासैनी प्रथम र घटराज मेमोरियल स्कुलकी छात्रा कृति पोखरेल द्वितीय स्थान हात पार्न सफल भएका थिए ।
त्यसैगरी गोकणर्ेश्वर लाईट एकेडेमीकि छात्रा सुजाता चालिसेले तृतीय स्थान हातपार्न सफल भएका थिए भने साईपल एकेडेमीकि छात्रा विश्वकला नेपाल र दीक्षालय नेपालकि छात्रा कृष्मा भारतीले सान्त्वना पुरस्कार प्राप्त गरे ।

वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवाली बिशेष अतिथिका रूपमा रहेकोे कार्यक्रममा रिलायन्सका विद्यार्थीहरुले सांगेतिक बनाउँदै देवकोटाको यात्री कविता लयबद्ध गरेर गाउँदा माहोल पुरै भावुक बनेको थियो ।

उक्त साहित्यिक कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा रहेका महिला समूहका पदाधिकारी महिला, साहित्यका अनुरागीहरु, विद्यार्थीहरु लगायत रिलायन्स एकेडेमीका शिक्षक तथा कर्मचारीको उपस्थिति रहेकोे थियोे।

बूढानीलकण्ठ नगर क्षेत्रमै उत्कृष्ट संस्कार सहितको शिक्षा प्रदान गर्दै आएको रिलायन्स एकेडेमी तथा रिलायन्स साहित्य समाजले प्रत्येक बर्ष लक्ष्मी जयन्तीको अवसरमा यस्तै साहित्यकारको जमघट गराउँदै आएको छ ।