Logo

बागमती पेज

मंसिर २९, २०७८ बुधबार

बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, को-को बने मन्त्री ?


हेटौडा । बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मङ्गलबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले घनश्याम दाहाल, विशाल खड्का, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर र बसुन्धरा हुमागाईँ मन्त्री तथा इन्द्रमाया गुरुङ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

मन्त्रीमा नियुक्त भएकाहरुलाई प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथग्रहण गराए । राज्यमन्त्री गुरुङलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

दाहालले श्रम, रोजगार तथा यातायात मन्त्रालय, मानन्धरले खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, हुमागाईँले कृषि तथा पशुपंक्षी मन्त्रालय, खड्काले वन तथा वातावरण मन्त्रालय र ढकालले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।