Logo

मेघनाथ पहाडी

मंसिर २९, २०७८ बुधबार

विश्व सम्पदा हनुमानढोका देखि स्वयम्भु सम्मको पदमार्ग निर्माण शुरु हुने


काठमाडौं ।  विश्व सम्पदासूचिमा रहेको हनुमानढोका देखि विश्व सम्पदासूचि स्वयम्भु सम्मको पदमार्गको निर्माण कार्य शुरु हुने भएको छ ।

पदमार्ग विकासको लागि स्टेरिङ्ग कमिटी जीवन राम श्रेष्ठको संयोजकमा गठन गरिएको थियो ।

उक्त कमिटीको सदस्यहरु काठमाडौं महानगरपालिका प्रवत्ता तथा वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, उपसचिव टेक नारायण पौडेल, शहरी विकास विभागका महानिर्देशक पदम मैनाली लगायत रहेका छन् । सो टीमले डिपिआर तयार गर्नको लागि सर्वेक्षण समेत गरेको थियो ।

त्यसैगरी सर्वेक्षणमा १८ वडा अध्यक्ष न्हुछे काजी महर्जन, वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, भीमसेन राजवाहक, शैलेन्द्रमान बज्रचार्य, दिल्ली रत्न तुलाधर र सडक बिभागका ईन्जिनियरहरुको उपस्थिति रहेको थियो ।