Logo

मेघनाथ पहाडी

पुस २, २०७८ शुक्रबार

महामन्त्रीमा विजयी विश्व प्रकाश शर्मा पुगे विपी संग्रहालय


काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशबाट महामन्त्रीमा विजयी भएसँगै विश्व प्रकाश शर्मा विपी संग्रहालय पुगेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित विपी संग्रालय सुन्दरीजलमा वृक्षरोपण गरेर विपी कोइरालालाई जेलमा राखिएको ठाउँको माटोलाई ढोगेर उम्मेदवारी घोषणा गरेका थिए । महामन्त्रीमा विजयी भए संगै सुन्दरीजल पुगेका विश्व प्रकाश शर्मालाई बिपी संग्रालय समितिका अध्यक्ष परशुराम पोखरेलले स्वागत गरे ।

जितसँगै गहन जिम्मेवारी बोकेर सुन्दरीजल पुगेका उनले बिपीको शालिकमा माल्यार्पण गर्नुका साथै त्यहाँको माटोमा ढोगे । उनले उम्मेद्वारी घोषणा गर्दा संग्रहालय परिसरमा  रोपेको रुद्राक्षको बिरुवामा पानि पानी हाल्नुको साथै  त्यहाँको माटोलाई ढोगेका थिए । पार्टीको १४ औं महाधिवेशनमा शर्माले १ हजार ९ सय ८४ मत ल्याएर विजयी भए । उनले सिङ्गो नेपाली कांग्रेसलाई रुपान्तरित गर्न नयाँ ढंगले यात्रा शुरुवात गर्ने वाचा गरेका छन् ।

आफ्नो जित एउटा व्यक्तिको मात्र जित नभइ बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उनले बताए । आगामी दिनमा पार्टीलाई हिजोको भन्दा फरक ढंगले अगी बढाउने र पार्टीलाई आधुनिक कांग्रेस बनाउन पहल गर्ने उनको भनाई रहेको थियो ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रुपमा बदल्ने बताउँदै महामन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई निष्ठा, विनम्रता र संयमताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।