Logo

मेघनाथ पहाडी

पुस ३, २०७८ शनिबार

ज्यूँदो सालक १ करोड १० लाख बेच्न खेज्ने थामी पक्राउ


काठमाडौँ । ज्यूँदो सालकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका–६ घर भई काठमाडौं महानगर–३२ मरुछासपाखा बस्ने २६ वर्षीय उद्धव थामी छन् ।

काठमाडौं मरुछासपाखा क्षेत्रमा प्रतिबन्धित दुर्लभ ज्युँदो सालक अवैध रुपमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाको आधारमा बिहीबार महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले सालकसहित थामीलाई पक्राउ गरेको हो ।

थामीले ३ केजी तौल भएको सालक १ करोड १० लाख रुपैयाँमा बिक्रीका लागि ल्याएको खुलेको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।