Logo

मेघनाथ पहाडी

पुस ५, २०७८ सोमबार

योगदान राष्ट्रका लागि अभियानको ३ दिने निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न


काठमाडौं । योगदान राष्ट्रको लागि जिल्ला कार्य समिति चितवनको आयोजना मा भएको ३ दिने निःशुल्क प्राथमिक उपचार तालिम भब्यताका साथ सम्पन्न भएको छ ।

प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नाराका साथ स्थापना कालदेखि हालसम्म देशका ६५ जिल्लाहरूमा कार्यसमिति विस्तार भए सँगै तालिम सञ्चालन भई रहेको संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीले बागमती पेजलाई जानकारी दिएका छन् ।

निःशुल्क प्राथमिक उपचार तालिम योगदान राष्ट्रको लागि जिल्ला शाखा चितवनका अध्यक्ष राज सिलवालको अध्यक्षता तथा संघिय मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा (खनाल) को प्रमुख अतिथिमा कार्यक्रम शुरु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा योगदान राष्ट्रको लागिका परिकल्पना तथा केन्द्रिय अध्यक्ष ओम उप्रेतीको रहेका थिए भने कार्यक्रमको संयोजक चितवन जिल्ला उपाध्यक्ष एकराज बुर्लाकोटी रहेका थिए । केन्द्रिय उपाध्यक्ष राहुल कौशल, केन्द्रिय सचिव बिष्णु भण्डारी, केन्द्रिय कोषाध्यक्ष श्याम पौडेल, केन्द्रिय सदस्य रमिला श्रेष्ठ, केन्द्रिय सदस्य ललिता अर्याल तथा योगदान राष्ट्रको लागि जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालन भने योगदान राष्ट्रको लागि चितवन जिल्ला सचिव जानुका धमलाले गरेकी थिईन् ।

कार्यक्रममा  विभिन्न क्षेत्रबाट युवाहरुको उत्साहका साथ १७५ जना तालिममा सहभागि भएको आयोजक संस्था योगदान राष्ट्रका लागि अभियान चितवन शाखाले जनाएको छ ।