Logo

बागमती पेज

पुस ८, २०७८ बिहीबार

नेकपा एमाले काठमाडौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक (फाेटाेमा हेरौं)


काठमाडौं । नेकपा एमाले काठमाडौं छैटौ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । पुस २३-२४ गते मूलपानीमा हुने जिल्ला अधिवेशनको लोगो नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शार्वजनिक गरेका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिका- ६ मुलपानी क्रिकेट मैदानमा आयोजना गरिएको मूल व्यवस्थापन समितीको बैठकमा सो लोगो सार्वजनिक गरिएको हो । काठमाडौं जिल्लाका १३८ वडा र ११ नगरका पदाधिकारीहरुको उपस्थितिमा भएको बैठकमा नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त लोगो सार्वजनिक गरेका थिए ।