Logo

बागमती पेज

पुस २५, २०७८ आईतबार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ


काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकाबाट ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धनबहादुर बिष्टलाई पक्राउ गरिएको भोजपुरका डिएसपी राजकुमार राईले बताए ।

षडानन्द गाउँपालिकाको केउरेनी पानीस्थित पीडितको घरमा गएर विष्टले बलात्कार गरेको आरोप छ । पुस २२ मा बलात्कार गरेको सुराक पाएपछि आरोपीलाई पुस २३ मा पक्राउ गरिएको डिएसपी राईले बताए । अदालतबाट म्याद लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।