Logo

बागमती पेज

माघ १, २०७८ शनिबार

राष्ट्रिय भूमि आयोग चितवनको अध्यक्षमा बद्री तिमील्सिना


चितवन । राष्ट्रिय भूमि आयोग चितवनको अध्यक्षमा बद्री तिमील्सिना नियुक्ती भएका छन् । राष्ट्रिय भूमि आयोगले चितवनमा तिमील्सिनासहित विभिन्न जिल्लामा रिक्त रहेको नयाँ अध्यक्षहरु नियुक्ती दिएका हुन् ।

उनी विगत लामो समयदेखी समाजसेवा र राजनीतिमा सक्रिय बद्री तिमील्सिना चितवनका लोकप्रिय नेताका रुपमा चिरपरिचित छन् । तिमील्सिना नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सदस्य समेत रहेका छन् । यसैबीच नवनियुक्त अध्यक्ष तिमील्सिनाले भूमिहीन दलित र सुकुम्बासीलाई देशमा नै उत्कृष्ट सन्देश दिने गरि आफूहरुले लालपूर्जा दिने जानकारि दिए ।