Logo

बागमती पेज

माघ १, २०७८ शनिबार

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गर्दै रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेकाे हाे ।

योसँगै माघ महिनाभर राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको छ । राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् ।

यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको हाे ।