Logo

बागमती पेज

माघ १२, २०७८ बुधबार

राष्ट्रियसभा निर्वाचनमा आउँदै गर्दा गाडी दुर्घटना: सांसद घाइते


काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मतदानका लागि घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन् । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ कालाकाटे नजिक दुर्घटनामा परेको रिजालले बताए । उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन्। उनीहरुको उपचार दाडमा नै गर्ने जनाएको छ।