Logo

बागमती पेज

फाल्गुन ५, २०७८ बिहीबार

प्रचण्डप्रति गगनको कटाक्ष : ‘हामी बालुवाटारमा एउटा र खुमलटारमा अर्को कुरा गर्दैनौँ’


काठमाडौं । सत्तासीन नेपाली काँग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन् ।

विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए ।

महामन्त्री थापाले भने, ‘काँग्रेस आफूलाई एमसीसी पास गर्ने कुराका अडिग छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन ।’

थापाले आफूलाई ठीक लागेको विषयमा काँग्रेस सँधै एउटै अडानमा रहने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे । महामन्त्री थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस । काँग्रेस सबै कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ ।’