Logo

बागमती पेज

फाल्गुन ५, २०७८ बिहीबार

रुद्रेश्वर सामुदायिक क्रियापुत्री भवन उद्घाटन (फाेटाेमा हेराैं)


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ को रुद्रेश्वर सामुदायिक क्रियापुत्री भवन उद्घाटन गरिएको छ । बूढानीलण्ठ नगरप्रमुख उद्धव प्रसाद खरेल र उपप्रमुख रमादेवी राईले उक्त भवनको उद्घाटन गरेका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाको रु १ करोड १२ लाख विनियोजन गरिएको थियो । त्यसैगरी विभिन्न दाताहरुबाट जिन्सी तथा नगद ५ लाख ६१ हजार ९ सय ७१ रुपैया संकलन भएको थियो ।

नगर तथा स्थानीयहरुबाट संकलन गरिएको कुल एक करोड १७ लाख ६१ हजार ९ सय ७१ रुपैया बाट भवन लगायत अन्य सम्रचना निर्माण सम्पन्न गरिएको रुद्रेश्वर मन्दिर संरक्षण समितिको सचिव निशा बरालले बागमती पेजलाई जानकारी दिएकी छन् ।

कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेलले स्थानीय निर्वाचन पछि नगर भित्र धेरै पुर्वाधार विकास निर्माणका काम गर्न सफल भएको बताए । नगर प्रमुख खरेलले भने हामी निर्वाचित भएपश्चात नगरमा विकासका कामले फड्को मारेको छ । जुन कामहरु गर्न सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीहरुको साथ सहयोगले काम गर्न सफल भएका हौं ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि उपप्रमुख रमादेवी राईले विगतमा अनकन्टार रहेको स्थानमा नमूना रुद्रेश्वर सामुदायिक क्रियापुत्री भवन तथा अन्य सम्रचना निर्माण सम्पन्न गर्नपाउदा खुशी व्यत्त गरिन् ।

बूढानीलकण्ठ-२ का वडाध्यक्ष राजेन्द्र खड्काले भवन निर्माण गर्न सहयोग गर्ने सम्पुणर्मा धन्यवाद व्यक्त गरेका थिए । नगर थता वडावासीहरुको साथ सहयोगका कारण विभिन्न विकास निर्माणका कामगर्न थप सहयोग पुगेको उनको भनाई रहेको थियो ।

वडा अध्यक्ष राजेन्द्र खड्काको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य राजेन्द्र श्रेष्ठले राखेका थिए भने संचालन वडा सदस्य ज्ञानु थापाले गरेकी थिइन् ।