Logo

बागमती पेज

फाल्गुन १५, २०७८ आईतबार

झलक श्रेष्ठकाे नेतृत्वमा सिन्धुली-काठमाडौं सम्पर्क मञ्च


काठमाडौं । नेकपा एमाले सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा झलक श्रेष्ठ र उपाध्यक्षमा द्वय बद्री बिक्रम काफ्ले, बीना श्रेष्ठलाई चयन गरिएको छ ।

त्यसैगरी सचिवमा रमेश काफ्ले, उपसचिवमा उमा घिमिरे र कोषाध्यक्षमा कमल पुलामीलाई चयन गरिएको हो ।

शनिवार सम्पन्न १० औं अधिवेसनबाट झलक श्रेष्ठको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन गरिएको उपाध्यक्ष काफ्लेले बागमती पेजलाई जनाएका छन् ।

दशौँ सम्मेलनबाट निर्वाचित कमिटी
अध्यक्ष : झलक श्रेष्ठ
उपाध्यक्ष : बद्रीविक्रम काफ्ले, विना श्रेष्ठ
सचिव : रमेश काफ्ले
उप-सचिव : उमा घिमिरे
काेषाध्यक्ष : कमल पुलामी

अध्यक्ष श्रेष्ठले सम्पर्क मञ्च जति सक्रिय हुनपर्ने हो विगतमा कोरोना महामारी तथा राजनीतिक विचलनका कारण त्यसरी अगाडी बढाउन सकिरहेको अवस्था थियन । आमामी दिनमा सिन्धुली-काठमाडौं सम्पर्क मञ्चलाई अझ सक्रिय रुपमा अगाडी बढाउने धारणा व्यक्त गरे ।