Logo

बागमती पेज

फाल्गुन १७, २०७८ मंगलबार

बूढानीलकण्ठ-२ एमाले शाखा कमिटीको कार्यालय उद्घाटन (फाेटाेमा हेराैं)


काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं २ शाखा कमिटीको कार्यालय उद्घाटन गरिएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई स्थानीय निर्वाचन पछि नगर तथा वडामा विकासका कामले गतिलिएको जनाएका थिए ।

स्थानीय सरकार आयपश्चात वडाका विभिन्न स्थान तथा टोल टोल सम्म विकास भएको डा. राजन भट्टराईको दावी छ । स्थानीय सरकारले जनताका विभिन्न समस्यालाई समाधान गर्दै थप सहज बनाएको उनको भनाई थियो ।

कार्यालय भवन उद्घाटन गर्दै साविक चपली गाविसमा नेकपा एमालेको संगठन निर्माण र विस्तार गर्ने अग्रजहरुलाई सम्मान गरिएको वडा कमिटी सचिव निशा बरालले जनाएकी छन् ।

बूनपा-२ वडा कमिटी अध्यक्ष राजेन्द्र श्रेष्ठले अगामी दिनमा नगरका अन्य वडामा भन्दा नेकपा एमालेलाईसंगठनात्मक रुपमा अगाडी बढाउने धारणा व्यक्त गरे ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल, काठमाडौं जिल्ला कमिटीे अध्यक्ष दीपक निरौला, जिल्ला सदस्य तथा काठमाडाैं क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का, जिल्ला सदस्य तथा बूढानीलकण्ठ उप-प्रमुख रमा राई, जिल्ला सदस्यहरु जयराम थापा, सरिता निरौला, राजु अधिकारी, वडा अध्यक्ष राजेन्द्र खडका लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहेको कार्यक्रमको अध्यक्षता वडा नं. २ कमिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा ज्ञानु थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा कमिटीकी सचिव निशा बरालले संचालन गरेकी थिइन् ।