Logo

मेघनाथ पहाडी

फाल्गुन १९, २०७८ बिहीबार

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित


काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार गरिएको मनोनयन दर्तामा एकल उमेदवारी परेपछि अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा मात्र नभएर उद्योग वाणिज्य संघ सिन्धुलीमा सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु समेत निर्विरोध रुपमा निर्वाचित भएको निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले जानकारी बागमती पेजलाई जनाए ।

उद्योग वाणिज्य संघ सिन्धुलीका निर्वाचित पदाधिकारीहरु :-
अध्यक्ष –
अर्जुन कुमार श्रेष्ठ
निरवर्तमान अध्यक्ष – अमरेश वैदार
बरिष्ठ उपाध्यक्ष – विरवल चौधरी
उद्योग उपाध्यक्ष – रामभक्त श्रेष्ठ
वाणिज्य उपाध्यक्ष – वासु भेटवाल
शाखा उपाध्यक्ष – चिनध्वज वम्जन
बस्तुगत उपाध्यक्ष – अमृत बहादुर श्रेष्ठ
महिला उपाध्यक्ष – राधा खड्का
महासचिव – राज कुमार राजभण्डारी
कोषाध्यक्ष – कुल बहादुर थापा
उप-महासचिव – युवराज श्रेष्ठ
सह-कोषाध्यक्ष – लालमान तामाङ
उद्योग सचिव – तेजु बि.क
वाणिज्य सचिव – बिनोद प्रधान
महिला सचिव – विमला कुमारी काफ्ले

राजनीतिक दल सम्बद्ध व्यवसायीहरुले सर्वसहमतिमा नेतृत्व चयन गर्ने गरि सहमति गरेसँगै सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । जसका लागि पदाधिकारी र सदस्यहरुको भागबण्डा गरिएको थियो ।