Logo

बागमती पेज

फाल्गुन १९, २०७८ बिहीबार

किसुनजीको स्मृतीमा बूढानीलकण्ठमा दीपप्रज्वलन हुने


काठमाडाैं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको ११ औं वार्षिक स्मृतीका दिन बूढानीलकण्ठ मन्दिर परिसरमा नित्य आरती सहित दीप प्रज्जवलन कार्यक्रम हुने भएको छ ।

किसुन प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशको महत्वपूर्ण सहयोग रहने कार्यक्रमका संयोजक एवम् अध्यक्ष बद्रि भट्टराईले बताएका छन् ।

खेलकुदको क्षेत्रमा किसुनजीको स्मरणमा विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दे आइरहेको भएपनि बूढानीलकण्ठमा दिप प्रज्जवलन पहिलो पटक हुन लागेको हो । कार्यक्रममा उपस्थितीका लागि सबैलाई अनुरोध समेत गरिएको छ । कार्यक्रम शुक्रबार साँझ ६ बजे हुने छ ।

समग्र नेपाली राजनीतिमा किसुनजीको यात्रा, संघर्ष, त्याग अनि समर्पण सदैव एक सम्पति र प्रेरणाका रुपमा रहने भएकाले उहाँप्रतिको सम्मान स्वयम प्रतिको सम्मान हुने हुँदा यस प्रकारको कार्यक्रम आयोजना गर्नु सबैको साझा दायित्व र कर्तव्य समेत भएको भट्टराईले बताए ।