Logo

मेघनाथ पहाडी

फाल्गुन २१, २०७८ शनिबार

नवनिर्मित गोल्फुटार डोजो भवन उद्घाटन


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-८ मा रहेको गोल्फुटार डोजोको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

गोल्फुटार डोजोका अध्यक्ष सुमन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा उक्त डोजो भवनको उद्घाटन गरिएको हो ।

डा. राजन भट्टराईले गोल्फुटार डोजोको उद्घाटन गर्दै युवा पुस्ताले खेल क्षेत्रलाई निकै रुचि राखेको भन्दै खेल क्षेत्रमा लाग्न पे्ररित गरे । खेल क्षेत्रबाट युवाहरु अगाडी बढ्न सकिन्छ भन्दै विश्वमा नाम कमाउन समेत सकिने उनको भनाई थियो ।

गोल्फुटार डोजोका अध्यक्ष सुमन तामाङले डा. भट्टराईले वडामा मात्र नभएर नगर भित्र महत्वपूणर् योगदान रहेको बताए । डोजो भवन ३५ लाखको बजेटमा निर्माण सम्पन्न भएको हो । प्रदेशको १० लाख र २५ लाख बूढानीलकण्ठ नगरपालिकाको बजेटमा निर्माण भएको अध्यक्ष तामाङले जानकारी दिएका छन् ।

गोल्फुटार डोजो प्रमुख प्रशिक्षक सरोज श्रेष्ठले हाल ५३ जनाले खेल अभ्यास गरेको बताउँदै अगामी दिनमा अझ बढी प्रभावकारी रुपमा प्रशिक्षण दिने बताए ।

कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौंला, राष्ट्रिय दलित आयोग सदस्य सुन्दर पुर्कुटी, वडा नं ८ का वडाध्यक्ष सुमन तमाङ, वडा सदस्य माधव पौड्याल, उक्तरी प्रमुख शाखा डोजो प्रमुख प्रशिक्षक प्रेम लाल बम्जन लगायतको उपस्थिति रहेको थियो ।