Logo

मेघनाथ पहाडी

फाल्गुन ३०, २०७८ सोमबार

२५ देशलाई उछिन्दै सिन्धुलीका विश्वकर्मा बने प्रथम


काठमाडौं । Korean friendship association (KFA) UK बेलायतको आयोजनामा भएको निवन्ध लेखन प्रतियोगितामा सिन्धुलीका भुपेन्द्र विश्वकर्मा प्रथम भएका छन् ।

प्रतियोगिता प्रतिश्पर्धामा विश्वका २६ देशबाट सहभागिता रहेको थियो । विश्वका सबै प्रतिश्पर्धिलाई उछिन्दै नेपालका भुपेन्द्र विश्वकर्मा प्रथम हुन सफल भएका हुन् ।


सन् २०२१ डिसेम्बरमा भएको उक्त निवन्ध लेखन अनलाईन प्रतियोगिताको नतिजा भर्खर प्रकाशन भएको हो । सो प्रतिश्पर्धाको पुरस्कार, प्रमाण पत्र र केही उपहारहरु हुलाक मार्फत प्राप्त भएको विश्वकर्माले बागमती पेजलाई जनाएका छन् ।

विश्वभरबाट सहभागी मध्ये प्रतिश्पर्धा गरेर प्रथम हुँदा सिन्धुलीका भुपेन्द्र विश्वकर्मा निकै उत्साहित बनेका छन् । प्रतियोगिताबाट प्रथम हुन सफल भएका विश्वकर्मा आगामी दिनमा समेत यस किसिमका प्रतियोगितामा सहभागिता जनाउन थप उत्प्रेरित बनेका छन् ।

को हुँन्, भुपेन्द्र विश्वकर्मा ?
भुपेन्द्र विश्वकर्मा प्रख्यात र लोकप्रिय अंग्रेजी भाषा प्रशिक्षक हुन् । उनले अंग्रेजी भाषा सिक्न सजिलो हुने वैज्ञानिक प्रणालीको विकास गर्नुको साथै अंग्रेजी भाषाका विभिन्न किताबहरु समेत लेखेका छन् । विश्वकर्माले सिन्धुलीमाढीमा विगत नौं वर्ष देखि आफैले London institute of English language संचालन गरेका छन् । लण्डन भाषा सेन्टरमा पढ्ने सबैखाले विद्यार्थीलाई ३ महिनाभित्र बोल्न, पढ्न र लेख्न, बुझ्न र उल्था गर्न सक्षम बनाउने उनको दावी छ ।

गैर राजनीतिक, सहयोगी र उद्धारवादी स्वभावका भुपेन्द्र विश्वकर्माले अंग्रेजी भाषाको लागि सिन्धुलीमा नेपालको सबैभन्दा राम्रो अंग्रेजी भाषा संस्था बनाउन सक्षम भएका छन् ।

Korean friendship association (KFA) भनेको केहो ?

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को सामाजिक, साँस्कृतिक तथा जनजिवन सँग सम्बन्धित अध्ययन गर्ने उदेश्यले स्थापना गरिएको एउटा स्वयंसेवी संस्था हो । यसले कोरियाको बारेमा सत्य, तथ्य जानकारी समेत उपलब्ध गराउँछ ।