Logo

मेघनाथ पहाडी

चैत्र ४, २०७८ शुक्रबार

अध्यक्ष प्रचण्ड दुई दिनलाई सिन्धुली जाने : अन्य पार्टीमा समेत तरङ्ग


काठमाडाैं । देशभर स्थानीय चुनावको माहोल तातेसँगै राजनीतिक चहलपहल समेत बढ्न थालेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार सिन्धुली गएर दुईदिन उतै बिताउने भएका हुन् ।

अध्यक्ष प्रचण्डले दुई दिन उतै बिताउने भएपछि अन्य पार्टीमा समेत तरङ्ग फैलिएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्र सिन्धुलीले जिल्ला भरका स्थानीय तहमा आफ्नो राम्रो संगठन विस्तार गर्दै आएको छ । संगठन विस्तारका क्रममा विभिन्न पार्टी परित्याग गर्दै एक हजार बढि नेता कार्यकर्ता माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् ।

जिल्लाका लोकप्रिय तथा विकासवादी नेताको रुपमा आफूलाई स्थापित गर्न सफल नेता राजन दाहाल निकै सक्रिय ढंगले जिल्लाका सबै स्थानीय तहमा आफै पुगेर संगठन विस्तारमा लागेका छन् । जिल्लामा उनको सक्रिताले समेत अन्य विपक्षी दलमा हंगामा फैलिएको कांग्रेस निकटका एक विद्यार्थी नेता बताउँछन् ।

जिल्ला ईन्चार्ज समेत रहेका दाहालको सक्रियताले नेकपा एमालेलाई अझ संकट हुने एमालेकै नेताहरु बताउँदै आएका छन् । दुई दिन पार्टी अध्यक्ष प्रचण्ड समेत मन्त्रीहरुको टीम सिन्धुली पुगेर थप योजना बनाउने भएपश्चात विपक्षी दलले निकै चासोका रुपमा हेरेका छन् ।

माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड र शिक्षा मन्त्री देवेन्द्र पौडेल सिन्धुली जाने भएका हुन् । कमलामाई नगरपालिका स्थित रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुईवटा भवनको उद्घाटनका लागि प्रचण्ड शुक्रबार दिउसो १ बजे सिन्धुली पुग्ने भएका हुन् ।

नेकपा माओवादी जिल्ला ईन्चार्ज राजन दाहालका अनुसार अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री पौडेल जिल्लाको शैक्षिक तथा विभिन्न राजनीतिक भेटघाट गर्दै आज सिन्धुली बस्ने भएका छन् । करिव ३ करोड लागतमा निर्माण सम्पन्न चारतले पार्टी कार्यालय भवन चैत्र ५ गते शनिवार अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने भएका हुन् ।