Logo

बागमती पेज

चैत्र ५, २०७८ शनिबार

फोनिजको महाधिवेशन चितवनको सौराहामा


चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ। महाधिवेशन चैत ६ र ७ गते हुने तय भएको छ।

फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन्। यस्तै‚ बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिए।

सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।