Logo

बागमती पेज

चैत्र ७, २०७८ सोमबार

सिन्धुलीका एक निर्वाचित वडाध्यक्षको निधन


काठमाडौं । सिन्धुलीका एक निर्वाचित वडाध्यक्षको निधन भएको छ । जिल्लाको मरिण गाउँपालिका-६ का वडाध्यक्ष कुरसाङ लामाको मृत्यु भएको हो ।सोमबार दिउँसो हृदयघातका कारण वडाध्यक्ष लामाको वडा कार्यालयमै मृत्यु भएको जनाईएको छ ।

उनलाई दिउँसो वडा कार्यालयमा हृदयघात भएको कार्यालयमा कार्यरत कर्मचारीले जनाएका हुन् । उपचारकालागि कपलिाकोट प्राथमिक स्वास्थ्य चौकीमा पुर्‍याउँदा स्वास्थ्य चौकीले लामाको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

वडाध्यक्ष लामा २०७४ सालमा भएको स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका थिए ।